प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज – Himalayan Dainik

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, ३० फागुन – प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किनुभएको हो । १९ फागुनमा अस्पताल भर्ना भएका उहाँको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नुभएको थियो ।