प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार तत्काल डिस्चार्ज गर्ने योजना छैन : डा. शाह (विज्ञप्तीसहित) – Himalayan Dainik

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार तत्काल डिस्चार्ज गर्ने योजना छैन : डा. शाह (विज्ञप्तीसहित)


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार तत्काल डिस्चार्ज गर्ने योजना छैन : डा. शाह (विज्ञप्तीसहित)

काठमाडौं,२७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल डिस्चार्ज गर्ने कुनै योजना नभएको चिकित्सकहरुले स्पष्ट पारेका छन् । डिस्चार्जका विषयमा विभिन्न सञ्चारमाध्यमले आफुखुशी समाचार प्रकाशन गर्न थालेपछि चिकित्सकले पत्रकार सम्मेलन गरी उहाका स्वास्थ्यका सबै सूचक सकरात्मक भएपनि डिस्चार्जको योजना नभएको बताएका हुन् ।

प्रधानमन्त्रीकी निजी चिकित्‍सक डा. दिव्यासिंह शाहले उहाका शरीरमा मूख्य सूचक अप्रेशनको दोस्रो दिनदेखि नै साधरण रहेको बताउनु भयो । डा. सिंहले प्रधानमन्त्रीको शरीरमा रक्तचाप, सुगर, क्रियाटिनिन राम्रो अवस्थामा रहेको जानकरी दिनुभयो । ‘प्रधानमन्त्रीले अब रुघाखोकी र अन्य संक्रमणबाट जोगिन पर्छ’, उहाले भन्नुभयो, ‘६ महिनापछि प्रधानमन्त्रीले सामान्य मानिस जस्तै काम गर्न सक्नु हुन्छ ।’

उहाले प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने आफुहरुको तयारी भएपनि कहिले गर्ने भन्ने एकिन निर्णयमा नपुगेको बताउनु भयो । मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय सेवा तय भएपछि मात्रै उहालाई शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय तथा घरेलु व्यवस्था भएपछि डिस्चार्ज गर्छौं’, डा. शाहले भन्नुभयो । उहाले भन्नुभयो, ‘अबको दुईतीन भित्र नै डिस्चार्जको तयारी गरेका छौं। अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार आइसकेको छ ।

उहाले डिस्चार्ज गर्ने समय भइसके पनि परिवारबाट केही समय अस्पतालमै निगरानीमा राख्‍न भनिएकाले थप दिन लम्बिएको बताउनुभयो । ‘कुन दिन हुन्छ भन्‍न सकिँदैन, तीन दिनभित्र जुन दिनमा पनि हामी उहाँलाई बालुवाटार फर्काउन सक्छौँ’, उहाको भनाई थियो । उहाले प्रधानमन्त्री ओलीलाई संक्रमणबाट जोगिन अन्य व्यक्तिबाट केही दूरीमा बस्नुपर्ने समेत बताउनु भयो ।