गीतकार शरद राज मैनाली ले पाए म्युजिक अवार्ड २०१९ – Himalayan Dainik

गीतकार शरद राज मैनाली ले पाए म्युजिक अवार्ड २०१९


गीतकार  शरद राज मैनाली ले पाए म्युजिक अवार्ड २०१९

कार्तिक ५ , २०७६ काठमाण्डौ ,

हाइ स्पिड न्युज रिपोर्टर |

बिरगंज को पर्सा जिल्लामा जन्मेर संगीत क्षेत्रमा योगदान दिदै आएका शरद राज मैनाली ले भरखरै सम्पन्न्न भएको म्युजिक अवार्ड २०१९ को कार्यक्रममा राष्ट्रिय संगीतकर्मि संघबाट  आयोजित अवार्डमा तिमि नै गीतले वेस्ट लिरिसिस्टको अवार्ड हात पार्न सफल भएका थिए साथै लोकदोहोरि गीतकार विधा मा गीतकार भइ चोयाको डोको गित उत्क्रिस्टमा परि म्युजिक अवार्ड २०१९ बाट सममानित भएका थिए साथै नेपालि लोक संगीत अवार्ड दक्षिण कोरिया बेस्ट लिरिक्स फुल पप संग बाट पनि सम्मानित भएका थिए | रास्ट्रिय तथा लोक दोहोरि प्रतिष्ठान नेपाल बाट पनि स्मानित भएका थिए |

 

शरद राज मैनाली गीतसंगीतको क्षेत्रमा एक उत्कृस्ट तथा प्रसिद्द  गीतकारको रुपमा परिचित छन् । सानैदेखि गीतसंगीतको नशामा डुब्ने गरेका शरद राज मैनालीले साथीहरुको एक समूह बनाएर समेत गीतसंगीत क्षेत्र छाडेनन् । शरद राज मैनालीले कोरेको हरेक गीतले लोकप्रियताका शिखर चुमेका छन् । अत्यन्त अनुसाशित र असल स्वभावको धनी गीतकारको माध्यमद्धारा सामाजिक काम समेत गर्दै आउनु भएको छ । उहाँले धेरै सम्मान, अवार्डहरु पनि हासिल गर्दै आउनुभएको छ । मैनालीले धेरै जसो गायकलाई आफ्नो शब्द दिएर एल्बम र फिल्ममा गीत गाउन लगाइसक्नु भएकोछ । गायकहरुले पनि उनको शब्दमा गीत गाउन धेरै नै रुचाउछन् । मैनालीको गीत लेखनमा अनौठो जादु र मन छुने शब्द हुन्छ, उनको शब्दमा जहिले पनि कथा र ब्यथा लुकेको हुन्छ जुन कुनै न कुनै मानिसको वास्तविक जिन्दगीमा घटेको घटना जस्तै हुन्छ जसकारणले गर्दा उनको गीतको शब्दलाई गायकहरुले गाउन रुचाउछन् । उनका शब्दमा धेरै प्रख्यात गायकले गीत गायिसकेका छन् जस्तै शशि रावल, रेशमा सुनवार, रजिना रिमाल, मनिषा मैनाली नविन के. भट्टराई, सनुप पौडेल, राजेन्द्र कुमार कार्कि सन्तोष लामा, मनिश सिंह अधिकारी(युग व्याड), अतुल कार्कि (स्टी«ट व्याड), विवेक आचार्य, सन्दिप कार्कि,  सन् २००१ सालमा ‘अब्लेज शोल’ नामक ब्याण्ड समूह बनाएर गीतसंगीत क्षेत्रमा पाइला चालेको शरद राज मैनालीले ब्याण्डमा नै रहेर काम गरे । गीतसंगीतमा कसरी हुन्छ फरकपन दिलाउने अब्लेज शोल ब्याण्डको उद्देश्य हुने गथ्र्यो । अब्लेज शोल ब्याण्डको एल्बमको नाम थोपा राखेर त्यो ब्याण्डले गीतसंगीतको क्षेत्रमा एक थोपा खसालेका थिए । अब्लेज शोल ब्याण्डले त्यो एल्वममा आफ्नो ८ वटा गीत तयार गरेर वजारमा ल्याएका थिए । त्यस मध्ये केही गीत रक र केही गीत पप मेलोडि र सेन्टिमेन्टल प्रकारको थियो । त्यस पछी ब्याडका साथीहरु विदेशतिर तथा आफ्नो पेशामा लागे पछि शरद राज मैनालीले गीतसंगीतलाई केही समयको लागि निरन्तरता दिन सकेनन् ।

 

वीरगंजमा जन्मिएका शरद राज मैनाली अहिले कपनमा स्थायी बासिन्दा हुन । आमा सहित उनको परिवारमा दुई दाजुभाई र दुई दिदीबहिनी छन् । बुबा मोहन प्रसाद मैनाली २०६३ मा शहिद हुन पुगे । जुन बेला उनी गीतसंगीतमा रहर बोकेर हिडिरहेको थिए त्यही बेला उनीभित्र ठूलो बज्रपात पर्यो । सहारा गुम्यो मनमा वेचइन पैदा हुन थाल्यो हिजोका दिन सम्भिँदै भने बुबा सरकारी जागिरे हुनुहुन्थ्यो । जिल्ला प्रशासन कार्यालयको अधिकृत हुनुहुन्थ्यो । वीरगंजमा कार्यरत रहेका बेला २०६३ सालमा जनतान्त्रिक तराई मुक्ति मोचाद्धारा गोली प्रहार गरी हत्या गरियो ।

 

गीतकार तथा संगीतकार शरद राज मैनालीले यही ब्याण्डमा छँदा नै ‘मिठो सपना’ गीतलाई कम्पोज गरेका थिए जसको शब्द र संगीत शरद राज मैनाली र प्रदिप मानन्धरले मिलेर गरेका थिए । भर्खरै गिटार सिकेको बेला थियो । नयाँ जोश जाँगर लिएर काम गर्दै गर्दा देखेको मिठो सपना नै उनको एल्बमको नाम बनेको थियो  ।

रहरै रहरको बेला थियो त्यो समय, उनले पुराना दिनको स्मरण गर्दै भने — मिठो सपना गीतको भिडियो गर्दा प्रडक्सन हाउसवाट भिडियोको ५ वटा डीभी हरायो, २ वटा डिभी भेटियो । डिभी क्यासेट हराउदा उक्र भिडियो पुरा हुन नगएकोमा उनले आफैले क्यामेरा म्यान वनेर त्यो गीतको वाकि सुट सकेका थिए जसमा उनी आफै क्यामेरा म्यान, ईडिटर, क्नसेप्ट राईटर र सम्पादक भई काम गरेका थिए ।

 

 

अब्लेज शोलसँगै सबै साथीहरु आधारभूत आवश्यकताको सिकार बने । कोही कता, कोही कता भए, उनको मनमा पनि विचलन आउन थाल्यो । त्यसपछि अब्लेज शोलसँगको सम्बन्ध टाढियो र मैनालीले युग ब्याण्ड नामको एउटा समुहलाई फेरी स्थापना गरे । जसमा ३ सदस्य मात्र थिए  मनिष सिंह अधिकारी, कपिलध्वज थापासँगै  मैनाली आफै लिड भोकलिस्ट भएर युग ब्याण्डमा क्रियाशील भए । त्यसमा मनिष सिंह अधिकारी पनि भोकलिस्टको रुपमा थिए र कपिल ध्वज थापा रयापरको रुपमा प्रस्तुत भएका थिए र यो ब्याण्डको गीतसंगीतको लागि फाइनान्स गरेका थिए । त्यो बखत युग ब्याण्डले धेरै कम्सर्टहरु पनि गरेका थिए, जसमध्ये एक रकज्यामिन नामक एक थियो । उनले धेरै कन्सर्टहरु गरेर कमाइ पनि राम्रो हुन थाल्यो । मेरो मोबाइलको कन्सर्टबाट राम्रो सफलता हात पारेका थिए । तर सामूहिक काममा केही कन्सर्टहरुमा धेरै घाटा हुँदै गयो ।

 

त्यसै क्रममा उनले ‘द«व्य’ चलचित्रमा म्यिुजिक डाईरेक्सन गर्ने मौका पाउनु भयो । ‘द«व्य’ चलचित्रको शब्द तथा संगीतको जिम्मा उनकै काधमा थियो । अवसर खोजिरहेको बेला ३ वटा गीतको शब्द र संगीत भर्ने मौका पाउदा उनी  निकै खुशी भए । तर शून्य पारिश्रमिकमा संगीत गर्नुपर्ने भयो । उक्र चलचित्रको नाम द«व्य तर द«व्य पाएनन् । उनले उक्र चलचित्रमा नशामा डुबीडुबी, निलो आकाश, नौलो नौलो विहानी गीतमा संगीत गरेको थिए । (१) नशामा डुवी डुवीको गायिका रेशमा सुनुवार    (२)निलो आकाशको गायिका रजिना रिमाल र गायाक सन्तोष लामा

(३) नौलो नौलो विहानीको रजिना रिमाल र मनिष सिंह अधिकारी थिए ।  त्यसतै उनी ग्रफिक डिजाइनर भएकाले उक्र चलचित्रको पोस्टर डिजाइन समेत गरे । चलचित्रमा शून्य परिश्रमिकमा काम गर्दा उनको मनमा फेरि विचलन आयो । अरु काम छाडेर संगीत गर्नु छ त्यो पनि आम्दानी नभएपछि २०१३ तिर विदेश जाने सोच बनाएर, उनी यूएई तर्फ लागे । मनभरि निराशा भने सधै ह्याड. बनाइरह्यो । उनी यूएई हुदा पनि गीतसंगीतमा सक्रिय नै थिए । गायकहरुलाई गीतसंगीत उतै वाट रफ रिकर्ड गरेर पठाउने गर्थे र उनले सागरको गहिराई नामक गीतलाई उतैवाट स्काइपवाट अनलाईन भएर, गायक सनुप पौडेल तथा शशि रावलसँग काम गरेका थिए । यसै विचमा नवीन के. भट्टराईसँग उनको फेसवुक मार्फत गीतसंगीतको रिकर्डको वारेका कुरा भैरहनथ्यो । गीतसंगीति क्षेत्रमा धेरै गीतकार, संगीतकार, गायक र ब्याण्डसँग राम्रो सम्वन्ध भएकोले उनको गीतसंगीतको निरन्तर्ता अझै विलियो विनिनै रहेको थियो । यूएई हुदानै उनले सागरको गहिराई नामक गीत तयार पारेका थिए तर उक्र गीत उनले समयको अभावले गर्दा सार्वजनिक गरेनन् । सोही समयमा नविन के. भट्टराईसँग तिमि नै टाइटल रहेको गीत पनि यूएई हुदाँ नै रेकर्ड गर्ने कुरा फेशवुक मार्फत भएको थियो । छुट्टीमा आएको वेला उक्र गीतलाई रेकर्ड गरि भिडियो पनि आफैले निर्देशन गरियो तर उक्र गीत सार्वजनीक गर्ने क्रममा यूएई जानु परेको थियो ।

 

नेशनल पावर न्युजद्धारा आयोजित अवार्डमा चोयाको डोको नामक लोक दोहोरी गीतले  पनि वेस्ट लिरिसिस्टको अवार्ड हात पारेको थियो ।  त्यसै क्रममा राष्ट्रिय संगीतकर्मि संघद्धारा आयोजित अवार्डमा तिमि नै गीतले वेस्ट लिरिसिस्टको अवार्ड हात पार्न सफल भएको थियो उक्र गीत तिमि नै जसको शब्द संगीत शरद राज मैनाली आफैले गरेका थिए भने स्वर नवीन के. भट्टराईकको रहेको थियो । तिमि नै र सागरको गहिराई नामक गीत दक्षिण कोरिया अवार्डको वेस्ट लिरिसिस्टको अफ द ईयरको टप ५ नोमिनेशनमा पनि पर्न सफल भएको छ ।

 

शरद राज मैनाली गीतसंगीतमा आउँदा नवीन के. भट्टराई, सञ्जय श्रेष्ठ, विजय गुरुड.का गीतहरु सुनेर आकर्षित भएका थिए । काम गर्दै जाँदा उनीहरुसँग पनि भेट हुँदै गयो ।  पप गायनको प्याटर्न पनि मिल्दै गएपछि  नवीन के. भट्टराईसँग काम गर्ने इच्छा अहिले आएर पूरा भयो । उनीलाई कर्मा ब्याण्डको धेरै सपोर्ट मिल्ने गरेको छ । दिपक बज्राचार्य, दिपेश मुल्मी, जेम्स प्रधान, कमलमान सिंह, सुरेन्द«मान सिंह, भूपेन्द« बन्राचार्यले उनलाई धेरै माया गर्छन् र उनीहरु सवै सित काम गरिसकेका छन् । त्यही मायासँगै गीतसंगीतमा रमाइरहेका उनी यतिखेर पुनः सक्रिय भएर लागेका छन् । पछिल्लो समय नवीन के. भट्टराईसँग ‘तिमि नै’ गीत बजारमा ल्याएका उनले फेरी नवीन के. भट्टराईको नयाँ प्रोजेक्ट गरिरहेका छन् । शशि रावल र सनुप पौडेलसँगको सहकार्यमा सागरको गहिराई सार्वजनिक भइसकेको छ । ‘तिमि नै’ एल्बमको चार वटा गीतको सार्वजनिकका लागि तयारी अवस्थामा छ  र युग व्याडको पुरानो गीत मिठो सपनाको भाग २ वनाएर, मिठो सपना २ निकाल्ने तरखरमा उनी व्यस्त छन् ।