कृषकलाई सहुलियत दरमा आधुनिक उपकरण वितरण – Himalayan Dainik

कृषकलाई सहुलियत दरमा आधुनिक उपकरण वितरण


कृषकलाई  सहुलियत दरमा आधुनिक उपकरण वितरण

भक्तपुर,असार १५- नेपाल सरकारले ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत व्यवसायीक खेती गर्ने कृषकलाई सहुलियत दरमा विभिन्न प्रकारका आधुनिक औजार तथा उपकरणहरु वितरण गरिएको छ

सूर्यविनायक धान ब्लक संचालन समितिद्वारा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ मा रहेको साना किसान कृषि सहकारी संस्थाको सहकार्य आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ५० प्रतिशतदेखि ८५ प्रतिशतसम्मको सहुलियतमा सूर्यविनायक नगरपालिका भित्रका व्यवसायीक खेतिगर्ने कृषकहरुलाई निम्न आधुनिकीकरण औजार र उपकरणहरु वितरण गरिएको हो । जसमा खेतबारी खन्ने ठूलो ट्रक्टर २ थान, खेतबारी खन्ने साने ट्रक्टर ५ थान, गहुँ चुट्ने थ्रेसर मिसिन ३ थान, ईलेक्ट्रिस काटा (तराजु) ३० थान, मेटल विन (विउ विजन राख्ने भकारी) ५ थान र मेलिङ्ग मेसिन (मकै,गहु र मसला पिस्ने) २ थान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा वितरण गरिएको छ ।